वाशिङटन डि.सी. साहित्यिक सँगम - सादर निमन्त्रणा !


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डि.सी. मा हरेक महिना आयोजना गरिने "वाशिङटन डिसी साहित्यिक सँगम" अन्तर्गत आगामी डिसेम्बर ३० तारिख शनिवार बिहान ११:३० बजे भर्जिनियाको को Manassas अबस्थित Bull Run Library (Address: 8051 Ashton Ave, Manassas, VA 20109) मा वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो बिशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ ।
उक्त वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो बिशेष साहित्यिक कार्यक्रममा अनेसासका आजिबन सदस्यहरु, बोर्ड अफ ट्रस्टीज, केन्द्र, च्याप्टरहरुमा आबद्ध सबै सहित वाशिङ्टन डिसी मेट्रो एरियामा बस्नुहुने इच्छुक सबै महानुभाबहरुलाई पनि कविता, गीत, गजल, मुक्तक, वा कुनै पनि प्रकारको साहित्यिक रचना सहित हार्दिक निमन्त्रणा गरिएको छ । रचना हुनेले सुनाउने गरी र रचना नहुनेले सुन्ने गरी आउनुहुन अनुरोध गरिन्छ ।
कृपया उक्त दिनका लागि आ आफ्ना काममा बिदा मिलाउन, क्यालेन्डर मार्क गर्न र सो दिन अर्को कार्यक्रम नजुधाइदिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
उक्त दिन बिबिध कविता, गजल, गीत, नाच, उखान टुक्का देखि हास्यब्यँगको बहार हुने छ । आउनुस सहभागी हुनुहोस । थप जानकारीका लागि वाशिङ्टन डिसी मेट्रो कमिटी महासचिब भुपनारायण घर्तिमगरको ५७१-२१७-६७८२ मा वा पदाधिकारी एबम सदस्यज्युहरु सँग संपर्क गर्न सक्नुहुनेछ ।
प्रबेश निशुल्क
Bull Run Library (Address: 8051 Ashton Ave, Manassas, VA 20109)
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार
( नोट: उक्त दिन प्रस्तुत हुने र सम्पादक मण्डलले छानेका रचनाहरु केही समय भित्रै प्रकाशन हुन लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको "वाशिङटन डिसीका कवि र कविता" नामक पुस्तकमा प्रकाशन गरिने छन )

, ,