एनआरएनए अमेरिकाको नयां वेबसाइट निर्माणको काम अघि बढ्यो : बरिष्ठ उपाध्यक्ष साह


अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयां वेबसाइट निर्माणको प्रक्रिया अघि बढेको छ ।


हाल प्रयोगमा आइरहेको वेबसाइटमा बिभिन्न खाले समस्याहरु देखिएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साहलाई वेबसाइट चुस्त दुरुस्त बनाउन जिम्मा दिइएको थियो ।

वेबसाइटलाई चुस्त दुरुस्त बनाउन कार्यसमितीले आफुलाई जिम्मेवारी दिएअनुसार नयां वबेसाइट निर्माणको प्रक्रिया अघि बढेको बरिष्ठ उपाध्यक्ष साहले बताउनुभयो ।

आगामी दिनमा प्राविधिक समस्या सृजना नुहुनेगरि वेबसाइट निर्माण गर्न टेण्डर आह्वान गरिएको र टेण्डर भर्ने समय यही डिसेम्बर १५ तारिख सम्म भएकोले त्यस पछि आवश्यक प्रक्रिया पुरा गरेर वेबसाइट निर्माणको जिम्मा दिइने बरिष्ठ उपाध्यक्ष साहले बताउनुभयो ।

बरिष्ठ उपाध्यक्ष साहका अनुसार नयां वेबसाइट निर्माण सम्पन्न भएपछि नयां सदस्यता संधै खुल्ला गरिनेछ । हालै सम्पन्न निर्वाचन प्रक्रियाका बेला वेबसाइटमा समस्या आएको गुनासो पछि वेबसाइट उच्चस्तरको बनाउन बरिष्ठ उपाध्यक्ष साहलाई जिम्मा दिइएको थियो ।

यसैबीच कार्यसमितीका केन्द्रिय पदाधिकारीका लागी इमेल आइडीको व्यवस्था गरिएको उहांले बताउनुभयो । हाल व्यक्तिगत इमेल आइडीमा संस्थागत काम समेत भइरहेकोमा यसलाई परिवर्तन गर्दै एनआरएनए अमेरिकाका २५ जना पदाधिकारीका लागी छुट्टै संस्थागत इमेल आइडी बनाइएको साहले बताउनुभयो ।

यता एनआरएन परिचयपत्रका लागी पनि धमाधम काम भइरहेको उहांले बताउनुभयो ।


,