गैरआवासीय नेपाली संघको एघारौं युरोपेली क्षेत्रिय बैठकको तयारी हुँदै



२०७४ पौष १४ शुक्रबार

 स्पेन,१४ पौष। गैरआवासीय नेपाली संघको एघारौं यूरोपेली क्षेत्रिय बैठकको तयारी बैठक लक्जेम्बर्गमा विहिबार सम्पन्न भएको छ । लक्जेम्बर्गमा भएको तयारी बैठकमा भावी रणनीति र चुनौतिबारे सदस्यहरुवीच छलफल भएको थियो ।

यूरोप क्षेत्रिय संयोजक शिवकुमार बरुवालको प्रमुख आतिथ्य र  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्गका अध्यक्ष नारायण बहादुर गुरुङ्गको अध्यक्षतामा भएको बैठकमा यूरोप क्षेत्रिय उप संयोजक एकराज गिरी, नेदरल्याण्डसका आइसीसी सदस्य नारायण आचार्य, लक्जेम्बर्गका आइसीसी सदस्य हरि बाहदुर खत्री, एनसीसी डेनमार्कका अध्यक्ष यामलाल सुबेदी,अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी लगायत राष्ट्रिय समन्वय समितिका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

एघारौ यूरोप क्षेत्रिय बैठक जुलाई २०१८ मा आयोजना गर्नको निम्ति यो बैठक बसेको लक्जेम्बर्ग एनसीसी महासचिव बिमल बाबु उपाध्यायले बताएका छन्।

, , ,