स्तरीय लोक दोहोरीगीत र म्युजिक भिडियो बनाउन कती लाग्छ ? - मीन दर्लामी मगर



- मीन दर्लामी मगर, अमेरिका  

लोक दोहोरी गीत सँगीतको क्षेत्रमा आउन चाहाना राख्नेहरूको भिड प्रसस्तै छ तर प्रबेश गर्नलाई सहज छैन । कतिको गला कला भएर आर्थिकले साथ दिदैन भने कसैलाई सब्द र लय बनाउने अब्बल क्षमता छ लगानी गरी दिने कोही छैन, ब्यक्ति सबै बिद्यामा सफल छ तर लगानी गर्न सक्दैन वा लगानीको क्षमता छैन भने यो क्षेत्रलाई माया गर्दा गर्दै पनि टाढा हुनु पर्ने बाध्यता छ । कसैलाई शोकले लगानी गरेर यो क्षेत्रमा प्रबेश गर्ने रहर छ र गरेका छन । अर्थात भिडियोमा खेलेर रहर मेट्नको लागी पनि अडियो गीत देखी भिडियोमा लगानी गरेर प्रबेश गर्ने पनि प्रशस्तै छन ।

त्यसैले गीतको बारेमा कतिपयका जिज्ञाशा मेट्नका लागी लेकबेशी म्युजिक डट कम मार्फत कसैलाई भ्रम र घाटा नाफा नहोस भनेर प्रष्ट पार्न खोजेको छु । जस्तै :- लय सँकलन र सब्द लेखन अनि गायनमा आफै कला र गलाको शक्ति सम्पन्न भयो भने एउटा अडियोमा लाग्ने सम्भावित लगानी तपशिलमा यस प्रकार छ भनेर लेख्दा नराम्रो नहोला । किन भने लेकबेशी म्युजिकलाई सोधिएका केही प्रश्नहरूको जवाफ यसरी खुवाएर सामाजिक सन्जाल मार्फत अबतक गराउन बाध्य भएको छु । एउटा अडियो गीत तयार गर्नको लागी चाहिने लागत यस प्रकार हुन र पुग्न सक्दछ भन्ने जानकारी गराउन खोजेको हुँ तर कसैको कमाउने माध्यमलाई ताला लगाउन खोजेको भने पटक्कै होईन । यो एउटा गीत सँगीतको तितो सत्य एथार्थ नै हो ।

कुनै पनि कलाकारले गीत बनाउनको लागी सुरूमा सँगीत सम्योजकसंग सम्पर्क गर्नु पर्दछ र कहा रेकर्ड गर्ने हो ? जस्तै स्वयम् एरेन्जर कै स्टुडियोमा गर्ने हो वा त्यहा एरेन्जर गराएर अन्यत्र कतै स्टुडियोमा काम गराउने हो ? त्यसमा पनि रकममा केही फरक पर्न सक्दछ । यदी स्वयम् एरेन्जर कै स्टुडियो जस्तै बि बि अनुरागी प्रिज्म, बिनोद बाजुराली मालाश्री यिनी स्टुडियोमा काम गर्ने हो भने एकमुष्ठ प्याकेजमा काम हुने गर्दछ । यदी कसैलाई गीतमा सहनाई राख्न मन लाग्यो, कसैलाई भ्वाईलिन राख्न मन लाग्यो भने त्यो प्याकेज भन्दा बाहिरको छुट्टै पैसा दिनु पर्ने हुन्छ । हामीले भ्वाईलिन ग्रुप मै राख्ने की मात्र एक जना राख्ने भन्ने पनि हुन्छ त्यसले गर्दा लगानीमा केही बृद्धि हुन सक्दछ । रेकर्डिंग स्टुडियोमा लाग्ने रकम भनेको १७ देखी २० हजार सम्म हो । त्यसमा गायिका कसलाई राख्ने भन्ने सवाल पनि हुन्छ त्यसैले अहिले की महँगी गायिका बिस्नु माझीलाई गाउन लगाउने हो भने ४० हजार त्यसमा जोड्नु पर्दछ । त्यस पछी देबी, मुना, जुना, पुर्णकला, टिका, राधिका, मन्जु लगायतका गायिका राख्ने हो भने नाम चलेका यिनी गायिकाहरूको लागी समान बजेट ५ देखी ७ हजारको आबश्यकता पर्दछ । यसरी हेर्ने हो भने अडियो २७००० हजार मै अडियो मास्टर सिडी हातमा पर्दछ भने बिस्नुको मामिलामा ६०,००० (साठी हजारमा) अडियो तयार हुन्छ तर सवाल यहाँ छ की सब्द लय कुनै केही छैन तर गाउन सक्दछ भने कसले लय बनायो ? कसले सब्द लेख्यो ? त्यसको आधारमा लय र सब्दको लागी पनि लगानी गर्नु पर्ने हुन्छ र अडियो रकममा केही बृद्धि हुन्छ । साथै लय सब्द गायन कुनै बिद्या छैन र खाली लगानी गर्नु पर्ने र सबै काम अरूबाटै गर्ने गराउने हो भने त्यसको लागी लाग्ने लागतको यत्ति हुन्छ भनेन सकिन्न । पुरूष गायकहरूमा खुमन अधिकारी, रामजी खाँण, पशुपति शर्मा, कुलेन्द्र बि.क. पुष्कल शर्मा, लगायतकालाई गाउन समाबेश गर्नु परे र गीतको अडियो यतीमा पुरा हुन्छ भन्नु भन्दा नी अडियो तयार हुनमा केही रकम बृद्धि हुन्छ । त्यसै गरी गीत बनाउने र बनाई दिनेले पनि आफ्नो मेहनतको केही रकम जोडेर मात्रै काम गर्ने गर्दछ ।

अहिलेको समयमा अडियो गीत मात्रै गरेर सबै पुर्ण हुन्छ भन्ने छैन र अडियो फाईनल भनेको गीतको आधा काम मात्रै हो । त्यसैले भिडियो बिनाको गीत जसको कुनै स्थान नै हुदैन र अर्थ पनि हुदैन । त्यसै गरी गीतको भिडियो निर्देशन कसबाट गर्ने गराउने हो ? भिडियोमा क-कसलाई खेलाउने हो ? याबत कुरालाई पुर्ण गर्दा १ लाख देखी १ लाख २० हजार सम्ममा एउटा गीत पुर्ण हुन सक्दछ अर्थात सुरू देखी अन्तिम रूप दिदा गीतमा लाग्ने लगानी भनेको १ देखी १ लाख २० हजार नै हो । त्यसैले गीत संगीतमा लगानी गर्नु कसैलाई खाली सौख पुरा गर्नलाई र कसैलाई निरन्तरता गर्नु हो । त्यसबाट मनग्य आर्जन गर्नलाई होईन भन्ने कुरा पनि मनन गर्नु पर्ने जरूरी छ ।

सब्द लेखन र लय सृजनाको मुल्य यत्ति हो र यती पर्दछ भनेर मुल्य निर्धारण गर्न सकिदैन । जसले सृजनाहरूको मुल्य निर्धारण गर्दछ त्यो स्वार्थको लागी यस क्षेत्रलाई अंगालेको हो भनेर भन्दा फरक पर्दैन । तर पनि केही सब्द लेखकले आफ्नो सृजनाको मुल्य तोक्ने पनि गरेका छन । पछिल्लो समय नाम चलेकाहरू एकनारायण भण्डारी, रमेश बिजी, राज कुमार बगर, बाबुराम पन्थी, प्रल्हाद सुबेदी, नेत्र अर्याल, बैकुण्ठ महतहरू जस्ता सब्द लेखकहरूको गीत संगीतमा बोलबला नै छ अर्थात चर्चा परिचर्चा रहेको छ ।

त्यसैले एउटा गीत बनेर अन्तिम नहुन्जेल लगानी कै जोड घटाउ सुरू हुने भएकोले सबैलाई पैसा लेनदेन गर्ने हो भने १ लाख भन्दा माथी नै लाग्ने गर्दछ । कसैले खर्च बचाएर कटाएर वा लेनदेनमा कुरो मिलाएर कमी गरे पनि वा गायक गायिका एकले अर्को बिचमा लेनदेन नगरे पनि नाम चलेका कलाकारहरूले स्टुडियो देखी मास्टर अडियो र गीतको म्युजिक भिडियो बनाउदा कम्तिमा पनि ७५ देखी ८० हजार सम्म खर्च हुने गर्दछ । नाम चलेका कलाकारको गीतको अडियो बनाउदा ३० हजार मै उम्किए पनि श्रब्य दृष्य बनाउदा स्तर हेरेर काम गर्दा ६० देखी ९० हजारको आकडालाई छुने गर्दछ ।

सत्य सबैलाई तितो हुन्छ तर गीत सँगीतको एथार्थ ब्यथा यही हो ।

, , , , ,