बाल्टिमोरमा वाचनप्रवीण दीनबन्धु पोख्रेलद्वारा श्रीमद्भागवत कथा वाचन हुने


मेरिल्याण्ड /

अमेरिकाको मेरिल्याण्डस्थित बाल्टिमोरमा वाचनप्रवीण दीनबन्धु पोख्रेलद्वारा श्रीमद्भागवत कथा वाचन हुने भएको छ । 'नेपाली अमेरिकन कल्चरल सेन्टरअफ बाल्टिमोर (NACC)' को आयोजनामा कार्यक्रम हुन थालेको प्रचारको जिम्मा पाएका युवा रमेश भट्टले जानकारी दिए । आगामी अप्रिल १६ देखि २२ सम्म एक साताब्यापी श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब (Baltimore – 2018) को आयोजना गरिने भट्टले द नेपाल टुडेलाई बताए ।

 'नेपाली अमेरिकन कल्चरल सेन्टरअफ बाल्टिमोर (NACC)' ले जारी गरेको बिज्ञप्ति यस प्रकार छ :

मेरील्याण्ड राज्य र आसपासका पेनस्लभेनिया, डिसी , भर्जिनिया क्षेत्रमा नेपालीहरुको जनसंख्या उल्लेख्य रुपमा बढ्दै गयको छ। मेरील्याण्ड राज्यमा मात्रै १५००० भन्दा धेरै बसोबास गर्दै आयका छौ। बढ्दो जनसंख्यासंगै आफ्नो संस्कृति, धर्मकर्म, रीति तथा परम्पराको निरन्तरताको लागि आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द्रको आवश्यकता महसुश हुँदै आएको थियो तेसैलाइ मध्यनजर गर्दै बाल्टीमोरमा प्रचुर सम्भाबना बोकेको स्थानमा मन्दिर निर्माणको काम तिब्र गतिमा अगाडी बढी रहेको छ । हिन्दु बुद्ध मन्दिरको नामबाट स्थापना भयको मन्दिर नेपाली अमेरिकन कल्चरल सेन्टरअफ बाल्टीमोरले (NACC) नेत्रित्वो गरिरहेको छ। यस अभियानलाई मूर्त रुप दिन नेपाली अमेरिकन कल्चरल सेन्टरअफ बाल्टीमोरले (NACC) आगामी अप्रिल 16 देखि 22 सम्म एक साताब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब (Baltimore – 2018) कोआयोजना गरिन लागियको कुरा यहाहरु सबैलाई जानकारी गराउदछौ।

बाल्टीमोर सप्ताह 2018 आयोजनाका लागि १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन गरिने छ ।जसमा मेरील्याण्ड र वरपर बस्ने नेपालीभाषीहरुको उल्लासपूर्ण सहभागिता रहने छ। एस कार्यक्रम संचालन र ब्यबस्थापन सहज बनाउनको लागि मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन हुने छ।

एस आध्यात्मिक महोत्सबमा भागवत सप्ताहको सांगीतिक वाचन तथा आध्यात्मिक कार्यक्रम प्रस्तुतिका लागि अन्तर्रराष्ट्रिय रुपमा ख्याति कमाएका लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा श्रीमद्भागवत कथा वाचन हुने छ। श्रीमद्भागवत कथा वाचन साथै बौद्ध, किराँत तथा समस्त ओमकार परिबार भित्रका धर्म तथा संस्कृति संग सम्बन्धित् विभिन्न कार्यक्रमहरू संलग्न गरिने छन्। 

, , , , ,