एनआरएनए मेरिल्याण्ड च्याप्टरको बुझबुझारथ तथा बार्षिक कार्ययोजना घोषणा डिसेम्बर १७मा हुने


एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टर (१७-१९) कार्यकालको औपचारिक बुझबुझारथ तथा बार्षिक कार्ययोजना घोषणा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले द नेपाल टुडेलाई जानकारी दिनुभयो । कार्यक्रम यहि डिसेम्बर १७ तारिखका दिन हुनेछ ।

उक्त कार्यक्रममा मेरिल्याण्ड राज्यका बिभिन्न सामाजिक, धार्मिक, राजनीतिक तथा क्षेत्रिय संस्थामा आबद्ध सम्पुर्ण पदाधिकारि तथा सदस्य एवं आम नेपालि जनसमुदायको गरिमामय उपस्थिति रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम हुने स्थान : 7927 Belair Rd Nottingham MD
21236
मिति : १७ डिसेम्बर २०१७ (आईतवार )
समय : साझ  ठिक ५ बजे

, , , ,