सेन्सरले रोकेको फिल्म “गाँजाबाजा” प्रदर्शन हुने, गीत सार्वजनिक (भिडियो सहित)


काठमाडौं । सेन्सर बोर्डले पास नगरेको चलचित्र ‘गाँजाबाजा’ अन्तत चलचित्र घरमा प्रदर्शन हुने भएको छ । यसै बर्ष फागुन महिनामा प्रदर्शन हुने यो चलचित्र अत्यन्त बिबादिद रहेको थियो ।

गत बर्षनै प्रदर्शन गर्ने भनिएको चलचित्र “गाँजाबाजा” को गाँजा शब्दले गर्दा चलचित्र बोर्डले सेन्सर पास दिएको थिएन ।

निर्माण पक्षले फिल्म प्रदर्शनको मिती तोकिए लगत्तै यसै चलचित्रको ‘ह्पाप्पी ह्याप्पी मूड’ बोलको गीत आज युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा निख एण्ड जटाको सङ्गीत र जटावेदा बेनर्जीको स्वर रहेको छ । छायाङ्कन गरिएको करिब २ वर्ष बितिसकेको चलचित्र ‘गाँजाबाजा’ले आफ्नो प्रदर्शन मिति तय गर्दै पहिलो गीत रिलिज गरेको हो ।

“गाँजाबाजा” लाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् भने पाण्डेको नै चलचित्रमा लेखन रहेको छ ।

बाबा –चलचित्र निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेका हुन् ।

, , , , , ,