दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छु'


काठमाडौ– कैलाली क्षेत्र नं ५ वाट प्रतिनिधि सभामा विजयी भएपछि बाम गठवन्धन (एमाले)का उम्मेदवार नागरदमुनी रानाले दुइटै श्रीमतीलाई दायाँबायाँ राखेर चुनावको वेला गरेका बाचा पुरा गर्ने बताएका छन् ।

चुनाव जितेपछि प्रतिक्रिया दिंदै नारदमुनी रानाले संविधान कार्यान्वयन र मुलुकको विकासमा प्रतिवद्ध भएर लाग्ने बताए । श्रीमानले चुनाव जितेको बधाई दिन नारदमुनी रानाका श्रीमतीहरु मतदान अधिकृतको कार्यालय पुगेका थिए । दुईटी श्रीमती भएकाले कस्ले पहिले टिका र माला लगाउने भन्ने होडबाजी समेत भएको थियो । यद्यपी जेठी श्रीमतीले पहिले माला लगाईदिएकी थिईन् ।

नारदमुनी रानाले ४८ सय ८० मत अन्तरसहित प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवालाई पराजित गरेका हुन् । वाम गठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरिन् । कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा रहेको प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा नेपाली कांग्रेसले जितेको थियो । धनगढी उपमहानागरपालिका ८ का स्थानीय समेत रहेका नारदमुनी राना २०६४ सालमा नेकपा एमालेको तर्फबाट समानुपतिक तर्फका सभासद थिए । रातो पासपोर्ट दुरुपयाेग गरेको आरोप लागेका रानालाई पछि अदालतले सफाई दिएको थियो । नागरिकबाट

, , ,