राज्जा रानी चलचित्र अभियानको प्रचार उद्घाटनमै काटिन् केकीले जन्मदिनको केक



काठमाडौं, २ पुस- केकी अधिकारी र नाजिर हुसेन अभिनित सिनेमा राज्जा रानीले सोमबारदेखि देशव्यापी प्रचार  अभियान थालेको छ । पूर्वको बिराटनगरदेखि सुरु हुने अभियान दस दिनपछि पोखरा हुँदै राजधानीमा आइपुगेर टुंगिनेछ ।

निर्माण पक्षले अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मैथिली संस्करणको ट्रेलर एवं गीत आइतबार सार्वजनिक गरेको छ  । सामाजिक संस्था भोर नेपालले बिराटनगर, बीरगंजसहित पूर्वी तराईका सिनेमा घरमा राज्जा रानीलाई मैथिली भाषामा प्रदर्शन गर्दैछ ।  नेपाली संस्करणसहित उक्त क्षेत्रका दर्शकले पुस २१ मा फिल्म हेर्न पाउनेछन् ।
चलचित्र निमाता संस्था भोरका संयोजक राजकुमार महतोेले यो चलचित्रको कथावस्तु र संस्थाको उद्देश्यमा समानता भएपछि मैथिली भाषामा फिल्म प्रदर्शन गर्न लागिएको बताए ।

निर्माण पक्षकाअनुसार पूर्वी तराईसहितका नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा पनि चलचित्र देखाइने भएको छ ।
निर्माता रमेश एमके पौडेलले विदेशीभन्दा नेपाली फिल्मको राम्रो पक्ष बाहिर आउनु जरुरी भएको बताए । चलचित्रमा पश्चिम तराईमा घटित घटनालाई नाटकीय रुपमा चित्रण गरिने पौडेल कथन छ ।

अभिनेत्री केकी अधिकारीले मनोरञ्जनको माध्यमबाट सन्देश दिन सके सानै भएपनि परिवर्तन आउने आशा राखिन् । अभिनेता नाजिर हुसेनले राज्जा रानीले मनोरञ्जनको माध्यमबाट सामाजिक मुद्दालाई चित्रण गर्ने बताए ।

अभियानमा खुला कन्सर्ट समेत गरिने भएको छ । कलाकार, निर्माता, निर्देशक र सांस्कृतिक टोली सहभागि छ । निर्माता पौडेलका अनुसार अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फिल्म चाँडै प्रदर्शन हुनेछ ।

यम थापा निर्देशित सिनेमामा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ । मैथिली भर्सनको गीतलाई दीपक शर्माले कम्पोज गरेका छन् जसमा राजेन्द्र थापाको शब्द एवं नरहरि प्रेमी र अन्जु यादवको स्वर छ ।

केकीले मनाइने बर्थडे

‘एकदमै रमाइलो । मलाई जन्मदिनको एउटा कुरा लाग्छ, बच्चा हुन पाइन्छ’ बर्थडे केक खुवाउँदै गर्दा केकी सुनिइन्, ‘बर्थडेको दिन मनको कुरालाई बाहिर निकाल्न पाइन्छ । ह्याप्पी छु ।’

उनले राज्जा रानी टीम र मिडियासँग खुशि साटिन् । सबैलाई केक चखाउँदै उनले फिल्म हेर्न अपिल गरिन् । आफ्ना लागि बर्थडे भन्दा फिल्मको क्याम्पेन महत्वपूर्ण रहेको केकी तर्क थियो ।

,