काठमाडौं-१ को समानुपातिकमा कांग्रेस पहिलो, एमाले विवेकशीलभन्दा पछाडी


 मंसिर २५, २०७४

काठमाडाैं : काठमाडौं निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १ सय २१ मत पाएको छ।

सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ। काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९ सय ११ र एमालेले छ हजार ५०८ मत पाएका छन्।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले एक हजार ६८० मत प्राप्त गरेको छ। कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो।
अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौंका सबै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताए।

, , ,