केही वर्षमा म्यानपावर बन्द हुनेछन -केपी ओलीले


२०७४ मङ्सिर २५

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनको सरकार बनेपछि देशमा बिकास निर्माणका कामहरुमा चमत्कारिक प्रगति गर्ने घोषणा गरेका छन् ।

झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 उनले भने, अब देश मै उद्योग धन्दा खुल्नेछन । नेपालमै रोजगारी सिर्जना हुनेछन् । अब कोही पनि म्यानवापर धाउन पर्दैन ।" ओलीले थपे, “म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै खारेज हुन्छन् । कोही अब विदेश जाँदैनन् ।"


आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा बढी आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् ।

“प्रतिपक्ष ढुक्क भए हुन्छ म लोकतन्त्रका लागि लडेको हो तलमाथि हुँदैन,” उनले भने ।

, , ,