चेतनशिल हाकाहाकीको छैटौं वार्षिक उत्सव सम्पन्न


चेतनशिल हाकाहाकी युवा समाज रामपुर १० पाल्पाको छैटौं वार्षिक उत्सव सम्पन्न भएको छ । 'चेतनाको दियो बाली समाजको अन्धकार हटाऔ' भन्ने मूल नारासहित यो वार्षिक उत्सव सम्पन्न भएको हो ।

प्रमुख अतिथी रामपुर नगरपालिका मेयर रमण बहादुर थापाले पानसमा दीयो बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै मेयर थापाले रामपुर नगरपालिकालाई कृषिको बिकासमा जोड दिने प्रतिबद्धता ब्यक्त गर्दै जुवातास मुक्त नगरपालिका बनाउने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

सो अवसरमा खुल्ला लोक नृत्य प्रतियोगिता र बृहत कृषि प्रदर्शनी पनि गरिएको थियो । नृत्य प्रतियोगितामा १७ समुहको सहभागिता थियो । जसमा संगीता आले प्रथम, -पुजा खाम्चा द्वीतिय, सचिन घिमिरे र सुबारिका घिमिरे तृतीय र इन्दिरा खनाल सान्त्वना भएका थिए । बिजयी प्रतियोगीहरुलाई पाल्पाली चिनारी पाल्पाली करुवा र मेडलले पुरस्कृत गरियो भने प्रमुख अतिथिलाई मायाको चिनोले सम्मान गरियो ।

कार्यक्रमको शुरुवातमा संस्थाका पुर्ब अध्यक्ष प्रदीप तिमिल्सिनाले स्वागत मन्तव्य  राख्नु भएको थियो । शिव चापागाईंले संचालन गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष अमोद अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय मानिसको उत्साहजनक उपस्थिति रहेको थियो ।














, ,