सोमबार सार्वजनिक हुदैँ ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सिओडब्लु काउ’

नायिकाबाट निमात्री बनेकी केकी अधिकारीको आगामी चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत आगामी सोमबार सार्वजनिक हुने भएको छ ।


फेसबुकमा गीतको पोस्टर सार्वजनिक गर्दै केकीले गीत यसै सोमबार आउने जानकारी गराएकी हुन् । सार्वजनिक गीतको पोस्टरमा नायिका रीमा बिश्वकर्मालाई गज्जबको रुपमा देख्न सकिन्छ । चलचित्रको गीत यसअघि नै सार्वजनिक गर्ने भनिएता पनि केकीले निर्देशकको जन्मदिनको अवसर पारी ‘कोहलपूर एक्सप्रेस २’ घोषणा गरिन् ।

‘सि ओ डब्लु काउ’बोलको गीतमा अहिलेका चल्तीका गायक तथा संगीतकार राजन राज शिवाकोटी र रुचाईएकी गायिका मेलिना राईको स्वर रहेको छ ।


राजन राज शिवाकोटीकै शब्द तथा संगीतमा रहेको गीत लोक शैलीको छ । बिशाल भण्डारीको निर्देशनमा बनेको चलचित्रमा केकी सहित भद्र बहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिव प्रसाद चौलागाइँको संयुक्त लगानी रहेको छ ।


केकीको आफ्नै कम्पनी जुनकिरी आर्टको ब्यानरमा बनेको चलचित्रमा केकीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, बिनोद न्यौपाने, रबिन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भुमिका रहनेछ । चलचित्र २०७५ बैशाख १४ गते प्रदर्शन आउने नायिका केकी अधिकारीले यसअघि नै जानकारी गराईसकेकी छिन् ।