बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

९  माघ २०७४, मंगलबार
बाल्टिमोर / जनवरी २२

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना)ले खरिद गरेको सामुदायिक भवनमा औपचारिक रुपमा घर प्रवेश कार्यक्रम सम्पन्न भएको छ l बानाले आफ्नो सामुदायिक भवनको औपचारिक उदघाटन नेपाली र बिदेशी पाहुनाहरुको साथमा भव्यताको साथ सम्पन्न गरेको हो |
            उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले भवन उदघाटन गर्दै नेपालीहरुकै प्रयासमा खरिद गरीएको यो सामुदायीक भवन अमेरीकाकै नमुना रहेको बताउनु भयो ।  १५ हजारको हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरीकाको बाल्टिमोरमा करीब ३ लाख अमेरीकी डलर मुल्यमा सामुदायिक भवन खरीद गरीएको हो । बाल्टिमोरको केन्द्रमा रहेको सामुदायिक भवनले विभिन्न कार्यक्रम गर्न सहज पुग्ने उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । भवनको प्रमुख अतिथि राजदुत डां. अर्जुन कुमार कार्की, स्थानीय अतिथि रिपब्लिकन तथा डेमोक्रेटिक दलका सिनेटर, सभासद, महाबाणिज्य दुत प्रेम राजा महत र बानका अध्यक्ष अनसुया श्रेष्ठ वन्तले रिबन काटेर उदघाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रम संगै बिधिबत रुपमा पुजा आरधना समेत गरीएको छ । उक्त उद्घाटन तथा पुजा कार्यक्रममा संस्थाका पुर्ब अध्यक्षहरु विजय श्रेष्ठ, कुलमणि आचार्य, रविना थापा, कृष घिमिरे,  एनआरएनए का संस्थापक केन्द्रिय उपाध्यक्ष डा श्याम कार्की,  समाजसेवी गणेश मलेगु लगायतहरुका पदाधिकारी समेत उपस्थित रहेकाे थियाे,  कार्यक्रममा प्रवासी नेपाली मंचका अध्यक्ष प्रभु थापा, नासोका अध्यक्ष गोपाल विश्वकर्मा, जनसम्पर्क समिति मेरिल्याण्डका महासचिव नेत्र के.सी, एकता समाजका अध्यक्ष पारसमणि श्रेष्ठ, नायक सरोज खनाल, लाइन्स क्लबका अध्यक्ष बैकुण्ठमान श्रेष्ठ,  एनआरएन बाल्टिमोर च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ, अमेरिकाको मेरिल्याण्ड राज्यको विधान सभामा उमेदवारी दिनु भएका हयारी भण्डारी, एएनएस का बिष्णु घिमिरे, एनआरएन एनसिसिका राजन त्रिपाठी, पुर्ब उपाध्यक्ष तथा द नेपाल टु डे का सतिस चापागाई लगाएतले बानाको यस सामुदायिक भवनको शुभारम्भ संगै अब बैठक ,कार्यक्रम तथा अन्य कार्यक्रम गर्न सहज हुने बताएका छन् ।  साथै अन्य स्थानीय संघ/संस्थाका प्रतिनिधिहरुले पनि मन्तब्य राखेका थिए |
बाल्टिमोरमा सन् १९९६ देखि नै नेपाली समुदायको जन घनत्व वृद्धि संगै एउटा सामुदायिक भवन बनाउने बिषयमा कुरा चर्चा परिचर्चा भएको थियो । तत्कालिन समयमा बाल्टिमोरका समाजका अगुवा तथा समाजसेवीहरु गणेश मलेगु ,वर्तमान महा बाणिज्य दुत प्रेम राजा महत लगायत ले बाल्टिमोरमा संस्था हुनु पर्ने कुरामा जोड दिएका थिए ।
तर अन्तत्वगत्वा डिसी महानगर क्षेत्रमा सकृय रहेको नेपालीहरुको गैर मुनाफा सामाजिक संस्था बाना सन २००४ मा स्थापना भएको हो । सन् २०११/२०१३ को समितिका पदाधिकारीहरुले सामुदायिक भवनको परिकल्पना गरेका थिए, तत्कलिन अध्यक्ष विजय श्रेष्ठले आफू अध्यक्ष भए पछि केही महिना भित्र पण्डित दिन बन्धु पोख्रेल लाई बोलाई महा पुराण लगाई कोष वृद्धि गरि सामुदायिक भवनको सुरुवात गरेका थिए, 
पूर्व अध्यक्ष कुलमणि आचार्य को कार्यकाल सन् २०१५/२०१७ मा सामुदायिक भवन सम्बन्धि धेरै काम भएको थियो । कार्यकममा स्वागत मन्तब्य बाना कि अध्यक्ष अनु श्रेष्ठ वन्तले गरेकी थिइन् भने पूर्व अध्यक्ष कुलमणि आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए l कार्यक्रम संचालन महासचिब हिरा गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्तले गरेका थिए l अध्यक्ष अनु श्रेष्ठ वन्त ले कार्यक्रममा बोल्दै आफ्नो बानामा उम्मेदवारीको घोषणापत्रमै मै सामुदायिक भवन पुरा गर्ने प्रतिबद्धता गरेको र आज त्यो प्रतिबद्धता पुरा गरेको समेत बताउनु भयो । 
बानाको यस सामुदायिक भवनको शुभारम्भ संगै अब बैठक, कार्यक्रम तथा अन्य कार्यक्रम गर्न सहज हुने महसुस गरिएको छ ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले भवन उदघाटनकाे क्रममा बाेल्नुभएकाे भिडियाेकाे लागी यहाँ क्लिक गर्न सक्नुहुने छ ।
 कार्यक्रमको लगत्तै एक बिज्ञप्ति मार्फत अध्यक्ष अनु श्रेष्ठ वन्तले सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको छ, बिज्ञप्ति जस्ताको त्यस्तै

हार्दिक धन्यवाद !!!
बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) ले आफ्नो सामुदायिक भवनको औपचारिक उदघाटन कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ  िउदघाटन कार्यक्रममा सहभागिता जनाउनुहुने अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, स्थानीय अतिथि रिपब्लिकन तथा डेमोक्रेटिक दलका सिनेटर, 
सिनेटरद्वय जिम व्रिचिन तथा क्याथि क्लाउस्मिइर, स्टेट डेलिगेट क्रिष्टियन मिले, काउण्टी काउन्सिलमेन डेभिड मार्क्स, काउण्टी एक्जुकेटिभका विशेष सहयोगी टोनी वाइसमोर, महाबाणिज्य दुत प्रेम राजा महत, पुर्ब अध्यक्षहरु विजय श्रेष्ठ, कुलमणि आचार्य, रविना थापा, कृष घिमिरे, प्रवासी नेपाली मंच का केन्द्रिय अध्यक्ष प्रभु थापा, नासो कम्युनिटीका केन्द्रिय अध्यक्ष गोपाल बिश्वकर्मा ,एनआरएनए का संस्थापक केन्द्रिय उपाध्यक्ष डा श्याम कार्की, समाजसेवी गणेश मलेखु, एनआरएन बाल्टिमोर च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ, अमेरिकाको मेरिल्याण्ड राज्यको विधान सभामा उमेदवारी दिनु भएका हयारी भण्डारी, एएनएस का बिष्णु घिमिरे, एनआरएनए एनसिसिका राजन त्रिपाठी, जनसम्पर्क समिति मेरिल्याण्डका महासचिव नेत्र के.सी, एकता समाजका अध्यक्ष पारसमणि श्रेष्ठ, नायक सरोज खनाल, द नेपाल टु डे का सतिस चापागाई  लगाएत सबैलाई धन्यबाद ज्ञापन गर्न चाहन्छु । तनहुँ समाजका अध्यक्ष पल रेग्मि, लमजुगं समाजका अध्यक्ष शशी थापा, म्याग्दि समाजका अध्यक्ष अमर छन्त्याल, अाेएनएफ मेरील्याण्ड च्याप्टरका युद्ध बहादुर पन्त, भवनको लागि रातदिन खट्नुहुने समाजसेवी दिवाकर ज्ञवाली, एभरेष्ट तेक्वान्दोका कुमार कार्कि, बानाका अन्य सल्लाहाकारहरु शेषकान्त खनाल, कृष्ण जिवी पन्त, देवव्रत सर्मा, धर्म बिक, अर्जुन हमाल अन्य समाजसेविहरु केमिका भण्डारी, ध्रुव वन्त, एनआरएन एनसिसिका क्षेत्रिय उपाध्यक्ष जेदु पोखरेल, डा. बिशाल भण्डारी, डा. डिल्लीराज पौडेल, डा.निराजन भारती फर्निचर तथा भवन ब्यवस्थापनमा सकृय रहनुहुने बानाका जनक पौडेल र गणेश लामिछाने, प्रचार प्रसारमा खट्नुहुने सुबाेध बिलास पन्त, सागर घिमिरे तथा  प्रकास श्रेष्ठ पत्रकारहरु उमेश न्यौपाने, खेम भट्टचन, बिश्व थापा, बिजयी थापा, शिव मल्ल, कलाकारहरु भगवान भण्डारी, रिचा घिमिरे साथै भवन खरिद देखि आजसम्म अहोरात्र खट्नुहुने कुलमणी आचार्य, मंगल महर्जन, विजय श्रेष्ठ, राजन कट्टेल, गोपाल बिश्वकर्मा लगायतलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ।  यो सफलताको लागि निरन्तर साथ दिनुहुने बानाको कार्य समितीलाई त झन बिषेश धन्यबाद दिन चाहन्छु जस्को सहभागिता बिना यो अभियान सोच्न पनी सकिदैन । कार्यक्रम स्थल वा भनौ हाम्रो बानाको भवनलाई सजाएर चिटिक्क पार्नुहुने बैकुण्ठमान श्रेष्ठको परिवारलाई पनी धन्यबाद दिदै आगामि दिनमा पनी सहयोगको आसा राख्दछु । खानाको ब्यबस्थापन मिलाउनुहुने बानाका सचिब राजु पराजुली तथा करी एन्ड कवाव, सिज्लिङ मुम्बे, नेपाल हाउस, ताज प्यालेस, काठमाडौं किचन, बेल्भेटर टावर तथा सेलरोटिको लागी दिपान्जली शर्मा लगाएतलाई धन्यवाद दिन चाहन्छु । पेन्टिङ तथा आकर्षक ब्यानर बनाईदिनुभएकोमा प्रकास सिग्देललाई पनि धन्यवाद दिन चाहन्छु । साथै बानाको भवन खरिदको लागि आर्थिक सहयोग गरेर पनि कार्यक्रममा सहभागिता जनाउन नसक्नुहुने सबै महानुभावहरुलाई नमन गर्न चाहन्छु । मलाई थाहा छ यहाँ धन्यबाद दिदा दिदै पनी कति अमुल्य योगदान गर्ने महानुभावहरुको नाम छुट्न गएको छ, आज यहाँ नाम छुट्न गएपनी बानाको ईतिहासमा तपाईको योगदानको अमुल्य कदर सधै रहिरहने छ, त्यसैले छुटेकोमा क्षमा चाहन्छु । बानाको यो सामुदायिक भवन तपाई हाम्रै भवन हो त्यसैले तपाईलाई ब्यक्तिगत अथवा सामाजिक कामको लागि कुनै पनी बेला भवनको आबश्यकता परेमा अब तपाई आफ्नै बानालाई जुनसुकै बेला सम्झन सक्नुहुनेछ !
अध्यक्ष अनसुया श्रेष्ठ वन्त
तथा सम्पुर्ण बाना परिवार






, , ,