बाल्टिमोरमा नेपाली मन्दिर निर्माणको लागि मेरिल्यान्ड राज्य सरकार द्वारा अनुमती

बाल्टिमोर जनवरी २५, बिहिबार
  बिगत एक बर्ष देखि प्रतिक्षामा रहेको बाल्टिमोरमा अबस्थित बोनापार्ट हवेली (भवनलाई) पूजाको ठाउँको रुपमा प्रयोग गर्न स्थानिय राज्य सरकार द्वारा आज अनुमती प्रदान गरेको छ । 
       नेपाली अमेरिकन कल्चरल सेन्टर अफ् बाल्टिमोर (NACC) को फेसबुक पेजमा एक बिज्ञप्ति प्रस्तुत गर्दै कृष घिमिरेले बाल्टिमोर राज्य सरकार द्वारा आज त्यहा अबस्थित भवनलाई पुजाआजाको रुपमा प्रयोग गर्न सकिने अनुमती प्रदान गरेको जानकारी दिनुभयो । बिज्ञप्तिमा भनिएको छ “सम्पुर्ण दाजुभाई तथा दिदिबैनिको लागि यो खुसिको खवर रहेको बताऊदै यो वर्ष भरि तपाईंकरुले गर्नुभएको कडा काम र प्रार्थनाको लागि धन्यवाद भनिएको छ । साथै हामी हाम्रो नयाँ छिमेकीहरूलाई उनीहरूको प्रेम, समर्थन र रचनात्मक प्रतिक्रियाको लागि धन्यबाद गर्न र बधाई दिन चाहन्छु भनिएको छ । 
      नेपाली समुदायले मन्दिर खरिद गरिसकेपछी त्यहाँ पुजाआजा गर्न अनुमति पाउने वा नपाउने भन्ने अन्योल रहेको थियो । गत हप्ता मात्र बाल्टिमोरमा भएको कोर्ट हेयरिङ पछि आज राज्य सरकारले अनुमति प्रदान गरेको हो । 
     

स्मरण रहोस सोहि स्थानमा ब्यबस्थित भवन र मन्दिर निर्माणको सहयोगार्थ आउँदो अप्रिल महिनामा "नेपाली अमेरिकन कल्चरल सेन्टर अफ् बाल्टिमोर (NACC)" परिवारको आयोजनामा आगामी अप्रिल १६ देखि २२ सम्म अन्तर्रराष्ट्रिय रुपमै ख्याति कमाएका लोकप्रीय युवा पण्डित "वाचनप्रवीण श्री दीनबन्धु पोखरेल ज्युको उपस्थितिमा एक साताब्यापी श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब "बाल्टिमोर सप्ताह - 2018" को आयोजना गर्ने बताएको छ ।

, ,