जापानमा ४१औँ राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न


नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा नयाँ वर्ष तथा ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर टोकियोमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा राजनीतिक दलले मेलमिलापको सिद्दान्त लागु नगरेकोमा दुखेसो गरे ।  

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अध्यक्ष भवन भट्टले “आफ्नो पनि सबै साथ एकै हात’ भन्ने नारासहित एनआरएनएको लागि यो वर्ष नयाँ काम र देशमा लगानीको वर्ष भएको बताए । उनले भने, ‘सबैलाई मिलेर आत्मियता र भाइचाराको हिसावले देशको लागि काम गर्ने समय आएको छ ।’

टोकियोको नेपाली मुरा हलमा आयोजित कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधि उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, एनआरएनए आइसिसि सदस्य महेश श्रेष्ठलगायत जापानमा क्रियाशील संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रम सम्पर्क समितिका सभापति रोशन केसीको अध्यक्षता तथा महामन्त्री रामजंग कार्कीको सञ्चालनमा भएको थियो ।




, , , ,