नेपाल आईडलको टिम जनवरी २८ मा बाल्टिमोर आउने



अमेरिकाका बिभिन्न शहरमा कार्यक्रम गर्दै हिडेको नेपाल आईडलको टिम यही जनवरी २८ तारिखका दिन बाल्टिमोरमा आउने भएको छ ।

यो टिममा प्रथम नेपाल आईडल बुद्ध लामा, फष्ट रनर अप निशान भट्टराई र सेकेन्ड रनर अप प्रताप दास रहेका छन् । साथमा यो सांगीतिक कार्यक्रमको संचालन नेपाल आइडलका कार्यक्रम संचालक शुशील नेपालले गर्ने छन् । साथमा स्थानिय कलाकारहरुको प्रस्तुति पनि रहने छ ।

बाल्टिमोरको कार्यक्रममा यहाँका धेरै नेपालीहरुको चासो रहेको स्थानीय आयोजक मध्येका एक बिश्वकिरण थापाले द नेपाल टुडेलाई बताए ।  बाल्टिमोरको कार्यक्रमको तयारी जोडतोडका साथ भईरहेको उनको भनाई छ ।

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी माथिको पोष्टरमा छ । कार्यक्रमको टिकट अन्लाईनबाट किन्न सकिने आयोजकले जनाएका छन् । जसका लागी फेसबुकको यो लिंक क्लिक गर्नुस ।

, , , , ,