देश ठुलो की राजधानी ?


-सन्तोष चोखाल

 मलाई एक प्रश्नले पटक पटक झस्काई रहयो र मेरा पाठकवर्ग सामु यो लेख पस्कन मन लाग्यो । यहाँहरूले यस लेखलाई गम्भीर रूपमा अध्ययन गरि विश्लेषण गर्नु नै हुनेछ ।

यो देश ठुलो हो की प्रादेशिक राजधानी ? हो तहमा पक्कै पनि प्रादेशिक राजधानी पनि ठुलो होला तर यहाँ आफ्नो देश भित्रको राजधानीको विषय मात्र होईन नेपाल राष्ट्रको कुरा छ अर्थात सिमानाको कुरा छ ।

नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगन्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन लगायत अन्य विभिन्न ठाऊमा नेपालको ज़मीन मिचिएको छ ।  हुन त विभिन्न सिमानाको कुरा कुनै नौलो होईन तर हामी कतीसम्म अबूझ बन्दैछौ भन्ने कुरा पछिल्लो घटनाक्रमले देखाइरहेको छ - एकातीर सिमाना मीचिएको भारतले भकाभक हाम्रो सिमाना मिचेर पिल्लर बनाईरहेको छ तर हामी प्रदेश राजधानीको विषयलाई लिएर काटमार गरिरहेका छौ । रगतको खोलो बगाऊन पनि पछी परेका छैनौ ।

बन्द , हडताल ,तोडफोड भैरहेको छ । सरकारले अस्थायी राजधानी तोके सँग़ै अझबढि आन्दोलित बनिरहेको छ । विभिन्न ज़िल्लामा आफुलाई पायक पर्ने गरि प्रदेश राजधानी बनाउनु पर्ने माग गर्दै जनताहरू नै स्वयंम बाटोमा उत्रीएका छन यतिबेला । तर भारतले चेपिरहेको हामीले देख्दै देखेनौ । राती सुत्नेबेला नेपालको भूभागमा सुतेको नेपाली उठदा भारतको भूभागमा परेछ । अवस्था गम्भीर छ । सरकारी  निकाय त मौन छ तर हामी जनताले समेत अलिकती विवेक पनि प्रयोग गर्न सकेनौ जब की यो देश नै रहदैन भने राजधानीको के काम ?

मलाई मेरो ज़िल्लामा राजधानी चाहिएको छैन बास मलाई मेरो देश नेपाल पाए पुग्छ । नेपाल रहला त नेपाली रहुला ,नेपाल नै नरहे कसरी नेपाली रहुला ? सानो उदाहरण लिनुस न तपाईको छिमेकीले तपाईको एक इंच जग्गा मिच्दा हामी काटामार गर्छौ , मुद्दा मामला गर्छौ तर यो देशको सिमाना मिचिदा हामी आफु-आफु नै लड़ीरहन्छौ । आफुले आफुलाई लड़ाईरहन्छौ । देशको सरकारी निकाय त निकम्म छ ,मौन छ तर हामी जनता सचेत हुनु पर्ने होईन । यी यस्तै सिमाना मिचाहाको अवस्था यसरी नै तीव्र गतीमा क़ायमै रहेमा भविष्यमा यो नेपाल देशको सबै इतिहास सकिनेछ । नेपाल भन्ने देश थियो रे भन्नेमा हुनेछौ । कही भारतले च्यापीरहेको छ , कही चीनले तर हामी सदैव मौन ? अझ भारतको ज़्याजती र हेपाहाको त कुरै नगरौ । देशको सिमाना पटक पटक मिचिदा पनि बोल्नु पर्नेहरू डराएका छन , बोल्नु पर्ने व्यक्तिहरूको आवाज़ बन्द भयको छ । अली कती ठण्डा भई सोच्नुस त - यो देश नै रहदैन भने यो देशका नागरिक हामी कसरी रहुँला ? हामीले स्वाभिमानका जती ठुला ठुला कुरा गरे पनि बोल्नु पर्ने ठाऊमा बोल्न डराउछौ भने कसरी स्वाभिमानी नेपाली भयौ र ?

सीमाना मिचिएका खबरहरू बारम्बार विगतमा पनि बाहिर नआएका होइनन् र त्यसबारे नेपालका सीमाविद्हरूले गम्भिर चिन्ता व्यक्त गर्दै आएका पनि छन्। देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भिरतापूर्वक लिएर कहिकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनैपनि गतिविधि हुन नदिन नेपाल सरकार दृढ कहिले हुने ?

 नेपाल–भारत सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएको पिलरहरुको निर्माण र मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हालसम्मको कार्यप्रगति बारे समस्त देशवासीलाई किन जनातालाई जानकारी गराऊन सकेको छैन ? किन चुप छ नेपाल सरकार पनि । गम्भीर रूपमा रूपमा सोच्नु पर्ने समय आएको छ ।यो देश ठुलो हो की प्रादेशिक राजधानी ?

 भरतपुर चितवन
हाल: टोकियो जापान

, , ,