माघे सँक्रान्तीमा बाल्टिमोरमा मगर संघको कार्यक्रम हुने, चर्चित कलाकारहरुको प्रस्तुति रहने


माघे सँक्रान्तीमा बाल्टिमोरमा मगर संघको कार्यक्रम हुने भएको छ । कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएका छन् । आयोजकद्वारा जारी सूचना यसप्रकार छ:

माघे सँक्रान्ती मनाअौ शनिबारको साँझमा 
मुना थापा मगर र राजन ठकुरीको साथमा !

यहि आउदो फेब्रुअरी ३ तारिख शनिबारको साँझ मगर सँघ युएसएको ग्रेटर वाशिँटन डि.सी. शाखाले यसपालीको माघे सँक्रान्ती धुमधामका साथ मनाउने भएको छ । नेपालबाट पाल्नु भएका राष्ट्रिय स्तरका ख्याती प्राप्त लोक दोहोरी गायिका मुना थापा मगर तथा चर्चित गायक राजन ठकुरी ज्युको जोड्दार प्रस्तुती को साथमा स्थानिय चर्चित कलाकारहरु सिर्जना बिरही थापा, अमृत रामदाम, मन्जु पुन, चन्द्र गर्बुजा , सजनी मगर , डिम्पल पुन, सनम शेर्पुजा,  डोलमाया गुरुङ, लगायत अन्य लोकप्रिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ ।

साथमा माघे सँक्रान्तीको प्रमुख खाद्य पदार्थ तरुलका साथ, बँगुर तथा कुखुराको बिबिक्यु, खसीको मासु, सेल रोटी र घरमै तयार पारिएका बिभिन्न थरीका स्वादिष्ट भोजनको साथमा Cash Bar को पनि ब्यवस्था गरिएको जानकारी गराउन चाहान्छौ ।

त्यसैले बाल्टिमोर तथा यस शहरको वरिपरी छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनीहरु उक्त साँझमा उपस्थित भै स्वादिष्ट खानाको साथमा भरपुर मात्रामा साँगितिक मनोरञ्जन लिनु हुन यहाँहरुलाइ सविनय अनुरोध गर्दछौ । 

सिट सिमित रहेकोले अग्रिम रुपमा टिकट खरिद गरी आफ्नो सिट सुरक्षित राख्नु होला भन्ने जानकारी पनि दिन चाहान्छौ ।

टिकटको लागी निम्न ब्यक्तीहरुसँग सम्पर्क गरी खरिद गर्न सक्नु हुने छ ।
१, रामु थापा मगर Tel= 571-344-8801
२, शेर सारु मगर Tel= 410-353-2697
३, अोमकार घर्ति मगर Tel= 917-514-7209
४, अमर मगर Tel= 443-743-8524
५, दल रोका मगर Tel= 443-760-2701
६, सिर्जना थापा मगर Tel= 347-335-2993
७, निलम कुमार थापा Tel= 703-622-6844

आउनुहोस हामी सबै मिलेर यो हाम्रो नेपाली चाड माघे सँक्रान्ती भव्य र सव्यका साथ धुमधामसँग मनाअौ ।

कार्यक्रम हुने समय, स्थान र मिती 
मिती: February 3, 2018, Saturday 
समय: साँझ ६ बजेदेखी मध्यरातको १२ बजे सम्म 
स्थान: 8735 Honeygo Blvd
Perry Hall MD 21128
टिकट दर: $25.00 Each only
( दश बर्ष मुनिका बाल-बालिकालाइ निशुल्क: प्रबेश )

, , , , ,