एभरेष्ट इन्टर स्कुल तेक्वान्दो च्याम्पियनसिप भव्यताका साथ सम्पन्न


एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोमा एभरेष्ट इन्टर स्कुल तेक्वान्दो च्याम्पियनसिप भव्यताका साथ सम्पन्न भएको छ । सनिबार भएको यो च्याम्पियनसिपमा ७० जना खेलाडी सहभागी थिए ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि सिनेटर क्याथरिन क्लाउजमायरले प्रमाण पत्र वितरण गर्नु भएको थियो । सोहि कार्यक्रममा डेमोक्रेटिक लिडर ह्यारी भण्डारीले पनि प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा तेक्वान्दोका ग्रयाण्ड माष्टर च्याङ्ग ईले खेल अवलोकन गर्नु भएको थियो ।

प्रतियोगितामा फर्म पुभ से  र स्पाईरिङ्ग २ डिभिजनमा प्रतिस्पर्धा भएको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका प्रमुख माष्टर कुमार कार्कीले बताउनु भयो । प्रतिष्पर्धामा ४ देखि ५८ बर्षका खेलाडीको सहभागिता थियो ।











, ,