एमाले-माओवादी कार्यदल बैठक आज : भागबन्डाको तयारी


काठमाडौं, १४ माघ– राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनमा सहमति जुटाउने जिम्मेवारी पाएको एमाले–माओवादी कार्यदलको बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित एमाले पार्टी कार्यालयमा बस्न लागेको हो ।

कार्यदल बैठकमा शीर्ष नेताको निर्देशन अनुसार प्रादेशिक सरकार र विभिन्न पदको भागबन्डा गरिने छ । प्रदेश सरकार गठनमा मुख्यमन्त्री बाँडफाँट गर्न शीर्ष नेताले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गर्ने जनाइएको छ ।

प्रदेशमा दलगत स्थिति, एकताको स्पिरिट, योग्यता र सन्तुलनलाई केन्द्रमा राखेर कार्यदलले प्रदेश मुख्यमन्त्रीको भागबन्डा गर्नेछ । त्यस्तै, प्रदेशको सभामुख, उपसभामुख तथा मन्त्रीहरुलगायत अन्य विषयमा समेत सहमति जुटाउने छ ।

एमाले र माओबादवी दुवैले प्रदेश सरकार निर्माणमा अनौपचारिक संवाद प्रक्रियाअघि बढाएको र सहमतिमै त्यसको समेत टुंगो लगाउने एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए ।

, , ,