पोखरेली मंच युकेको तेस्रो महाधिबेशन फेब्रुअरी १७ तारिखका दिन हुने


मणी सुवेदी
 रेडिंग, बेलायत ।

पोखरेली मंच युकेको तेस्रो महाधिबेशन यही फेब्रुअरी १७ तारिखका दिन हुने भएको छ । नेपाली माझ अत्यन्तै चर्चित र उदाउँदो संस्थाको महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिबेशन तयारी समितिका संयोजक तथा सहसचिव पबित्र गुरुङले बताउनु भयो ।

कार्य समितिको बिभिन्न चरणको बैठक बमोजिम संस्थाले एकेन्द्र गुरुङ प्रमुख रहेको निर्वाचन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा भिम बानियाँ र हरी कुमार गुरुङ (काजी) रहनु भएको छ । त्यस्तै भक्तबहादुर गुरुङ प्रमुख रहेको बिधान संसोधन समितिमा
नरजंग गुरुङ र पहलमान गुरुङ तथा हरिप्रसाद गुरुङ प्रमुख रहेको निर्वाचन अनुगमन समितिमा हरिकुमार श्रेष्ठ, राम गुरुङ र सतमान गुरुङलाई जिम्मेवारी दिएको छ ।

मंचले गएको बर्ष क्रिकेट प्रतियोगिता र पद यात्रा कार्यक्रम सफल रुपमा सम्पन्न गरेको जनाउदै वर्तमान अध्यक्ष मानप्रसाद गुरुङलर अब आउँदा बर्षहरुमा यी कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो । साथै उहाँले महाधिबेशन सम्पन्न गराउन सबै कार्यसमिति, सल्लाहकारहरु, आजीवन सदस्यहरु, शुभचिन्तकहरु र पत्रकारहरुलाई पोखरेली मंचले हार्दिक अपिल गरेको छ ।

, ,