महादेव -जनक कार्की

महादेव


प्रतिकुलतमा भगवान माथी नाक खुम्चाउनेहरु
अनुकुलतमा कुलत रोज्न
जय शम्भो बुटि प्रसाद
क्यनाबिनोइडस बिषादि पान गर्छ्न।
सायद अवसरवादीहरुले बुझेको भए
भाङ धतुरो गाजा पिउन खै त शिव जस्तै
माहान बनेको।
सम्पुर्ण सृष्टि जोगाउन
माहादेवले कालकुत विष
मिलाएर बिषालु पदार्थ
घाटीमा पोको पारेर
निल्कण्ठ बनाको।

डिस्को र बार जाने दैनिकी युवा
निशुल्क प्रवेश पाइन्छ भन्दै
आज एक हुल युवा दिवा डिस्कोमा
छिरेका छन पशुपतिमा
मगजलाइ बिषादीले अचेतन बनाएर
अब डिस्कोको नर्तकी र वेटर खोज्न हिडे

निरअहार उपशना गर्ने अबोध नारी
पालो कुरेर लामो लाइनमा शिव भेटने आकाक्षा
तर एक हुल युवा त्यही लाइन भित्र पसि
महिसाशुर प्रबृत्ति देखाउदै
काचो मासु माथी मसला छर्केर
स्वाद लिदै छन।

गिद्धले पनि मरेपछिको सिनो मात्र खान्छ
माहादेव रक्षक
तिमी भक्षक
नारीको रक्षा गर्ने शंकर
तिमी भयंकर
भोली तिमी चेतनामा
फर्कियौ भने
शिव शुत्र अवस्य पढ्नु।


, , ,