सोध्न मन लाग्छ मेरी उनीलाई -जनक कार्की

सोध्न मन लाग्छ मेरी उनीलाई

महिनाभरी काम गरेर
पाएको तलब
खुरुक्क घरमा आएर
लुरुक्क मेरी उनिलाइ बुझाउछु
अनि उनि मस्किदै भन्छिन
आइ लब यु मेरो बाबा
तर यसो नगरेर
तलब आएको पैशा
बसेर जुवाको खालमा
रमाउदै मेरिजको मालमा
पैसाको खरानी बनाइ
भिजेको बिरालो झै
लाचार तिम्रो अगाडी उभिएको भए
सोध्न मन लाग्छ मेरी उनिलाइ
मलाइ लाडे पारेर मेरो बाबा भन्थ्यौ कि
रातभरी घर बाहिरको चिसो छेडिमा सुताइदिन्थेयौ होला।

शुर्ती खैनी पान गुटखा
चपाउदिन त्यसैले उनि मख्ख
तर मुखमा बलवान खैनी चापेर
तिम्रो नजरमा नजर जुधाएर
किस गर्दा ठुस्स मेरो सास
कुहियको मलखात जस्तो
गनायो भने
सोध्न मन लाग्छ मेरी उनिलाइ
किस गर्न दिन्थ्यौ कि लात्ताले
पेटमा हानेर ठाउँको ठाउँ ढाल्थ्यौ होला।

जाड रक्सी नि नखाने म
आफ्ना साथीलाइ गर्ब साथ भन्छौ रे
मेरो बाबाको राम्रो बानी
जाड रक्सी!खादै नखानी
तर  कनिका कुहाएर कडा मर्चाको
४/५ हाफ पिएर
दुइ खुट्टा बाट चारखुट्टा चार बाट
लम्पसार
उत्तानो परेर बर्खे भेल बग्ने नालीमा पछरिदा
कुकुरले पनि मलाइ नै पाइखाना बनाइदिदा
सोध्न मन लाग्छ मेरी उनिलाइ
उठाएर घरमा लान्छौ कि
मरे मरोस जडया त्यही खाल्डोमा सुतोस
भन्थ्यौ होला।

कहिले काही म जिस्केर भन्ने गर्छु
म मरे भने अर्को बिहे गर ल
उनि अँखा भरी आशु लिएर भन्छिन
हजुर मरे म पनि संगै मर्छु
तर सति प्रथा चलिराको भए
सोध्न मन लाग्छ मेरी उनिलाइ
मेरो मृत्यु पछि आगोमा हाम फाल्न जान्थ्यौ कि
आन्दोलनमा सामिल भै
सतिप्रथा मुर्दावाद भन्थ्यौ होला।
 
सोध्न मन मात्र लाग्छ तर सोध्न सक्दिन
तपाइ जस्तै श्रीमान न परें !
                                     11/02/2018

, , ,