मैले बेचें आफैलाई -जनक कार्की



जनक कार्की

किन्ने बेच्ने यो दुनियाँमा मैले पनि ब्यबसाय सुरु गर्छु भनी लागे। तर, ब्यबसाय गर्नु त पुजी चाहिदो रैछ। त्यसैले मैलै श्रम बेचें महिना दिनको कमाइ मोमो चाउमिन अनि ब्यालेन्स मोबाइलको अनि हातमा लाग्यो शुन्य।

अह हुन्न भनी ५००० को जोहो गरी एम.आर.पी बनाए।

काठमाडौंको मेनपावरमा लामो लाइन मानौकी अनिकालमा अन्न बाडदा मान्छेको ओहिरो लागेजस्तो।

६ घण्टाको प्रतीक्षा पछि पालो आयो । अन्तरवार्ताकारले सोध्यो "आर यु एबल टु वोर्क इन  ५० डिग्री टेम्पेचर ?

मैले पनि भनिदिए: am son of Gorkhali, I never give up.
अरबी interviewer ले भन्यो "you are passed.See you in Dubai "

पालो आयो पैसा बुझाउने, रिन धन गरेर ३ लाख बुझाए मेनपावरलाइ।

flight को दिन आयो।Take off लिनुभन्दा केहि मिनेट पहिले मेरो पनि सबै नेपालीको जस्तै बुद्धि आयो।नेपालीको बुद्धि पछि आउछ भने जस्तै एक्कासी त्यो बिबेक काहा बाट आयो ।

मैले सोचे, ब्यापारको नियम त कुनै पनि समान बेच्दा पैसा लिएर बेच्नु पर्ने हो। मैले त आफैले पैसा दिएर आफैलाइ पो बेचेछु। हिजोसम्म लाग्थ्यो म त अलि चतुर छु। तर आज लाग्दै छ सार्है उल्लु पो रहेछु।

भारतमा चेलीबेटी बेचिदा पैसा लिएर बेचिन्छन।
काठमाडौमा बालश्रम पनि पैशा लिएर बेचिन्छन।

अरु को त के कुरा बियरको खाली बोटल पनि पैसामा बिक्छ। सायद म चाही त्यती सस्तो।सस्तो पनि होइन युजलेस भ्यालुलेस जसले आफुलाइ बेच्न आफैले पैशा तिर्यो।

मानव अधिकारकर्मी पनि कसरी बोलाउ मैले आफ्नै राजिखुशीमा आफुलाइ बेचेको हो । प्लेन takeoff भयो र पशुपतिको एक फन्को मार्दै गयो ।  धर्ती छाडेर आकाशमा उडीरहदा सोचें, "ए पशुपतिनाथ हामी नेपालीलाई सदबुध्दी देउ । यहि प्राथना गरि चुपचाप भए।
हो मैले पनि नयाँ ब्यवशाय गरे किन्ने बेच्ने यो दुनियामा आफैलाइ बेचे तर पैसा लिएर होइन पैशा तिरेर म जस्तो ब्यापारी भए पछि यो दुनियाका ब्यापारी फाइदै फाइदामा।

, , , ,