दिन नसकेको उपहार (लघु कथा) -जनक कार्की


आज बिहानै हतार हतार नेपाल घरमा उनलाई  फोन गरे।

प्रेम गर्ने दिनमा मायाको कुरा साटासाट पछि।

बडो फुर्ती साथ तिमीलाई के चाहिन्छ गिफ्ट माग भने

उनले केहि चाहिदैन मलाई सिर्फ हजुर भए पुग्छ।

दिनै सक्नुहुन्छ भने हजुरको साथ दिनुस भनिन।

म अकमक्क परे यस्तो चिज मागिन जुन म दिन सक्दैनथ्यो।मेरो साथ उनिलाइ दिए मेरो घरको चुल्हो कसरी बल्थ्यो।करौडौ बिचारहरु एकैचोटी आए सायद मलाइ कसैले गलत भनेको थियो कि पैशाले सबै कुरा किन्न सक्छ भनी ।अह नसक्ने रैछ दृश्यमा मा देखिने चिज त किन्ला पैशाले तर अनेक मन भित्रका भावना अनि त्यस भित्रको प्रेमलाइ चाहिने टोनिक सायद !!

कल्पनामा हराउदै थिए के भो किन केहि नबोलेको भनिन।म झल्यस्स!!!!!! भए अनि मुटु दरो पारेर दबेको आवाज बल लगाएर निकाल्दै भने अरु सबै दिन सक्छु प्रिय् तर म चाहि तिमीलाई दिनको लागी अझै २/४ बर्ष लाग्छ भनेर प्रणय दिवश को शुभकामना दिए बाय सि यु इ लब यु भन्दै फोन काटिदिए !!
जनक कार्की

, , ,